Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफको आठौं वार्षिक सभा, बोनस र नगद लाभांशको प्रस्तावसहित सभा डाक्यो

अर्थ संसार

विहीबार, ०८ जेठ २०८२, १३ : ०४ मा प्रकाशित

रिलायबल नेपाल लाइफको आठौं वार्षिक सभा, बोनस र नगद लाभांशको प्रस्तावसहित सभा डाक्यो

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी असार २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजे आठौं वार्षिक साधारण सभा बोलाएको छ। सभामा १२ प्रतिशत बोनस शेयर०.६३ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गरिनेछ। साथै, गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालू वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ।बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख पुग्नेछ। त्यस अनुसार नियमावली संशोधनको अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ। कम्पनीले जेठ २६ गते एक दिनका लागि बुक क्लोज गर्नेछ। त्यस अनुसार जेठ २५ गतेसम्मका शेयरधनीहरू मात्र लाभांश पाउने र सभामा सहभागी हुन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको