Like us!
Follow us!
Connect us!
Watch us!

डा. पौडेललाई अध्यक्ष श्रेष्ठको बधाई, पूँजी बजार सुधारमा सहकार्यको प्रतिबद्धता

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, ०७ : २८ मा प्रकाशित

डा. पौडेललाई अध्यक्ष श्रेष्ठको बधाई, पूँजी बजार सुधारमा सहकार्यको प्रतिबद्धता

नेपाल धितोपत्र बोर्ड (SEBON) का अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले आज नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा अध्यक्ष श्रेष्ठले गभर्नर पौडेललाई पदभार ग्रहणको अवसरमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।

भेटवार्तामा देशको समग्र वित्तीय प्रणालीलाई थप गतिशील, अनुशासित र प्रभावकारी बनाउन नियामक निकायहरूबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको कुरामा दुवै पक्षले जोड दिएका थिए। अध्यक्ष श्रेष्ठले पूँजी बजारलाई सुदृढ गर्दै नयाँ उचाइमा पुर्‍याउन नेपाल राष्ट्र बैंकसँगको सहकार्य अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका थिए।

त्यस्तै, लगानीकर्ताहरूको विश्वास अभिवृद्धि गर्न तथा पूँजी बजारमा देखिएका विभिन्न माग र समस्याहरूलाई समायोजन गर्दै नीतिगत सुधारका लागि आवश्यक पहल गरिने विषयमा समेत छलफल भएको जनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको