नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँको लगानी गरेको छ भने निर्जीवन बीमा कम्पनीहरूले ६८ अर्ब ७ करोड ४३ लाख रुपैयाँ लगानी गरी कुल ८ खर्ब १ अर्ब रुपैयाँभन्दा बढी रकम लगानी गरेको छ। यो तथ्यांक नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको हो।
जीवन बीमा कम्पनीहरू मध्ये नेपाल लाइफ सबैभन्दा अग्रस्थानमा छ जसले १ खर्ब ८७ अर्ब ८३ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ। दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ जसले १ खर्ब १३ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ।
त्यसैगरी, नेसनल लाइफले ६६ अर्ब २३ करोड ४७ लाख, हिमालयन लाइफले ७२ अर्ब ४३ करोड ६२ लाख, राष्ट्रिय बीमा कम्पनीले ६५ अर्ब ५२ करोड ८७ लाख, एशियन लाइफले ४५ अर्ब २४ करोड ४० लाख, सूर्यज्योति लाइफले ३९ अर्ब २३ करोड ८४ लाख, मेट लाइफले ३१ अर्ब २७ करोड ९९ लाख, सिटिजन लाइफले २२ अर्ब ९२ करोड १७ लाख, सानिमा रिलायन्स लाइफले २० अर्ब ८४ करोड ९३ लाख, रिलायबल नेपाल लाइफले १९ अर्ब ४८ करोड ८२ लाख, आइएमई लाइफले १६ अर्ब ७८ करोड ४९ लाख, प्रभु महालक्ष्मी लाइफले १६ अर्ब ९७ करोड ४४ लाख, र सन नेपाल लाइफले १३ अर्ब ४९ करोड ३१ लाख रुपैयाँ लगानी गरेको तथ्यांकले देखाएको छ।
जीवन बीमा कम्पनीहरूले वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा सबैभन्दा धेरै ५ खर्ब १४ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ लगानी गरेका छन्। त्यसपछि पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ७ अर्ब १७ करोड रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ५७ अर्ब २० करोड ८० लाख रुपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ३ अर्ब ५ करोड ३९ लाख रुपैयाँ लगानी गरिएको छ।
फाइनान्स कम्पनीको मुद्दति निक्षेपमा ६८ करोड ३ लाख रुपैयाँ, सूचीकृत सार्वजनिक कम्पनीको साधारण सेयरमा ३३ अर्ब ७ करोड ९२ लाख, सूचीकृत सार्वजनिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा १८ अर्ब २८ करोड ४८ लाख, कृषि उत्पादन, गृह, पर्यटन, जलविद्युत, सौर्य ऊर्जा लगायतका परियोजनामा ११ अर्ब २४ करोड ४७ लाख रुपैयाँ लगानी गरिएको छ।
नागरिक लगानी कोष र म्युचुअल फन्डमा ३ अर्ब ७७ करोड ६० लाख, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा २ अर्ब ५३ करोड ७० लाख, अन्य संस्थापक सेयरमा १४ अर्ब १३ करोड ३५ लाख, सूचीकृत नभएका सार्वजनिक कम्पनीको सेयरमा १ अर्ब ४२ करोड ५३ लाख र अन्य क्षेत्रमा १० अर्ब २१ करोड ६९ लाख रुपैयाँ लगानी रहेको छ।
निर्जीवन बीमा कम्पनीहरूले ६८ अर्ब ७ करोड ४३ लाख रुपैयाँ लगानी गरेका छन्। यसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी ६ अर्ब ४७ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ। दोस्रोमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ८८ करोड ४९ लाख र तेस्रोमा शिखर इन्स्योरेन्सले ४ अर्ब ८५ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ।
अन्य कम्पनीहरूको लगानी क्रमशः हिमालयन एभरेष्ट ४ अर्ब ५८ करोड ४४ लाख, नेपाल इन्स्योरेन्स ४ अर्ब ५४ करोड २४ लाख, युनाइटेड अजोड ३ अर्ब ८९ करोड ९२ लाख, ओरियन्टल ३ अर्ब ८५ करोड ५१ लाख, सानिमा जीआईसी ३ अर्ब ५२ करोड ३६ लाख, एनएलजी इन्स्योरेन्स २ अर्ब ३४ करोड ३० लाख, नेसनल इन्स्योरेन्स २ अर्ब ८४ करोड ९६ लाख र प्रभु इन्स्योरेन्स २ अर्ब ५४ करोड ७ लाख रुपैयाँ रहेको छ।
वाणिज्य बैंकमा ४५ अर्ब ७० करोड ६१ लाख, विकास बैंकमा ५ अर्ब २१ करोड ४४ लाख, अन्य वित्तीय संस्थामा १ अर्ब ३ करोड २० लाख, सरकारी बचतपत्रमा ६२ करोड ९१ लाख, सूचीकृत सार्वजनिक कम्पनीको सेयरमा ४ अर्ब ५४ करोड ८६ लाख, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चरमा ३ अर्ब १९ करोड ४६ लाख, सूचीकृत सार्वजनिक कम्पनीको बन्ड र डिबेन्चरमा १ अर्ब ४० करोड २७ लाख, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ८९ करोड ९ लाख, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा १५ करोड ६२ लाख, अन्य संस्थापक सेयरमा १ अर्ब ९९ करोड ७४ लाख, सूचीकृत नभएका सार्वजनिक कम्पनीको सेयरमा १४ करोड २० लाख, र कृषि उत्पादन, पर्यटन, ऊर्जा लगायतका क्षेत्रमा ३ अर्ब १५ करोडभन्दा बढी रकम लगानी गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस