Like us!
Follow us!
Connect us!
Watch us!

बीमा कम्पनीको लगानी बैंकको मुद्दतिमै केन्द्रित, घरजग्गामा शून्य लगानी किन ?

अर्थ संसार

शुक्रबार, २० असार २०८२, १४ : २० मा प्रकाशित

बीमा कम्पनीको लगानी बैंकको मुद्दतिमै केन्द्रित, घरजग्गामा शून्य लगानी किन ?

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई लगानीका लागि भिन्न ११ वटा क्षेत्र तोकिदिएको छ । त्यसमा कुन क्षेत्रमा कति लगानी गर्न पाउने भन्ने पनि प्राधिकरणले नै तोकिदिएको छ । तर बीमा कम्पनीहरुका लागि तोकिएका क्षेत्रहरुमध्ये वाणिज्य बैंकको मुद्दति निक्षेपमा सबै भन्दा बढी लगानी भएको छ भने केही क्षेत्रमा शुन्य लगानी छ ।

 नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले सबै भन्दा धेरै लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा गर्दा घर जग्गामा भने लगानी शुन्य देखिएको छ । प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले वाणिज्य बैंकमा ७०.१० प्रतिशत लगानी गरेका छन् भने निर्जीवन बीमा कम्पनीले ६७.१४ प्रतिशत लगानी गरेका छन् । प्राधिकरणले बीमा कम्पनीहरुका लागि घर जग्गामा बढिमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर, कुनै पनि बीमा कम्पनीहरुले घर जग्गामा लगानी गरेका छैन् । 

बीमा कम्पनीहरुले जोखिम भएको क्षेत्रमा लगानी नगर्ने देखिएको छ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा कुल ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये ५ खर्ब १४ करोड ४२ लाख ६६ हजार रुपैयाँ वाणिज्य बैंकको मुद्दति खातामा लगानी गरेका छन् । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले ६८ अर्ब ७ करोड ४३ लाख मध्ये ४५ अर्ब ७ करोड ६१ लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दति खातामा लगानी गरेका छन् ।

बैंकको मुद्दति खातामा जोखिम कम हुने भएकाले धेरै लगानी पनि त्यही भइरहेको बीमा विज्ञ रविन्द्र घिमिरे बताउँछन् । ‘बीमा कम्पनीहरुका लागि लगानीका ११ वटा क्षेत्र तोकिएका छन् । बैंकको मुद्दति खातामा सबै भन्दा सुरक्षित हुने भएकाले यस्तो भइरहेको छ,’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको