Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १ खर्बमाथि, कुनको कति ?

अर्थ संसार

सोमबार, १६ असार २०८२, १० : ५३ मा प्रकाशित

जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १ खर्बमाथि, कुनको कति ?

चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले साढे १ खर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले सो अवधिमा कुल १ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन्।

सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले जेठ मसान्तसम्म ४१ अर्ब रुपैयाँभन्दा बढीको बीमाशुल्क संकलन गर्न सफल भएको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। तेस्रो स्थानमा एलआईसी नेपाल छ, जसले सो अवधिमा १७ अर्ब २४ करोड १६ लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ।

चौथोमा हिमालयन लाइफ रहेको छ, जसको बीमाशुल्क आर्जन १५ अर्ब २२ करोड २० लाख रुपैयाँ पुगेको छ। अन्य कम्पनीहरूमध्ये सूर्यज्योति लाइफले ९ अर्ब ४५ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब रुपैयाँ, एशियन लाइफले ७ अर्ब ८६ करोड रुपैयाँ, र सिटिजन लाइफले ६ अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

त्यस्तै, सानिमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड, मेटलाइफले ५ अर्ब ५४ करोड, आइएमई लाइफले ४ अर्ब ७२ करोड, रिलायबल नेपाल लाइफले ४ अर्ब ५५ करोड, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड र सन नेपाल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

बीमाशुल्क संकलनमा देखिएको दोहोरो अंकको वृद्धिदरले बीमा उद्योगमा विस्तारको सकारात्मक संकेत दिएको विश्लेषणहरू आएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको