Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ताको एकै स्वर – ‘धन्यवाद राष्ट्र बैंक!’ बुल ट्रेन्ड स्वागत छ

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, २० : ३७ मा प्रकाशित

सेयर लगानीकर्ताको एकै स्वर – ‘धन्यवाद राष्ट्र बैंक!’ बुल ट्रेन्ड स्वागत छ

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले सेयर बजारमा नयाँ ऊर्जा भरेको छ। सेयर धितो कर्जामा लगाइने जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झार्ने राष्ट्र बैंकको निर्णयसँगै बजारमा उत्साहको लहर छाएको छ।

लगानीकर्ता र विश्लेषकहरू यसलाई "बुलमार्केट" सुरु हुने संकेतको रूपमा हेरेका छन्। सामाजिक सञ्जालदेखि बजार छलफलमा सबैको ध्यान यही निर्णयमा केन्द्रित छ।

"गर्ने लाई धेरै समय नै चाहिदैन," लगानीकर्ता विष्णु सुवेदीले छोटो तर बलियो स्टाटस लेखेका छन्।

अनुभवी ट्रेडर सिद्धार्थ सेढाईं भन्छन् –
"राष्ट्र बैंकको यो पॉलिसी करेक्सनले बुलमार्केटको ट्रिगर दबायो।"

लगानीकर्ता विकास वस्ती त झन् खुलेर लेख्छन् –
"बुलको एउटा ठुलो साङ्लो फुकालियो!"

यसले बजारमा दबिएको आत्मविश्वासलाई पुनः ज्वालामुखीझैं विस्फोट गराएको छ।

नवनियुक्त गभर्नर डा. बिश्व पौडेल को नेतृत्वमा आएको यो पहिलो त्रैमासिक समिक्षा सेयर बजारमैत्री देखिएको छ। लगानीकर्ता केशव कोइराला भन्छन् –
"पहिलो समीक्षामै गभर्नरले लगानीकर्ताको मन जित्न सफल भए। यो सुरुवात हो!"

बैंकिङ क्षेत्रका वरिष्ठ व्यक्तिहरूले पनि स्वागत गरेका छन्। नबिल बैंकका कार्यवाहक सीईओ मनोज ज्ञवाली लेख्छन् –
"अपेक्षित समिक्षा आएको छ। बैंकहरूको पूँजीकोषमा राहत, सेयर लगानीकर्ताका लागि शक्तिशाली सन्देश!"

विश्लेषकहरू भन्छन्, यो निर्णयले सेयर बजारमा तरलता थप्नेछ, कर्जाको पहुँच सहज बनाउनेछ र लगानीकर्ताको मनोबल उच्च बनाउनेछ।

हालैका महिनाहरूमा निराशजस्तो देखिएको बजार अब आशावादी मोडमा छ। राष्ट्र बैंकको यो नीतिगत सुधारले सेयर बजारमा नयाँ युग सुरु गर्ने संकेत दिइसकेको छ।

अब प्रश्न एकै छ –
"के यो वास्तवमै बुलमार्केटको बिगुल हो?"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको