Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणसँगको छलफलमा इप्पानले उठायो निजी क्षेत्रका ७ प्रमुख माग

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, ०८ : २५ मा प्रकाशित

प्राधिकरणसँगको छलफलमा इप्पानले उठायो निजी क्षेत्रका ७ प्रमुख माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रतिनिधि मण्डलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटवार्ता गरी ऊर्जा क्षेत्रमा देखिएका विभिन्न समस्याबारे ध्यानाकर्षण गराएको छ।

इप्पानका अध्यक्ष गणेश कार्कीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सरकारद्वारा तय गरिएको २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको मार्गचित्र नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिबाट पारित भइसकेको भए पनि त्यसमा समावेश बुँदाहरु कार्यान्वयनमा नआएकोप्रति चिन्ता व्यक्त गरेको छ।

भेटमा अध्यक्ष कार्कीले हाइड्रोलोजी पेनाल्टी हटाउने, आन्तरिक प्रतिफल दर (IRR) को सिमा हटाउने, निजी आयोजनाको RCOD (Required Commercial Operation Date) म्याद थप गर्ने, कन्टिन्जेन्सीको व्यवस्था खारेज गर्ने, वर्षायाममा निजी आयोजनाको सम्पूर्ण विद्युत खरिद गर्ने, Take-and-Pay PPA खारेज गर्ने र प्रसारण लाइनको लस हटाउने जस्ता महत्वपूर्ण मागहरू प्रस्तुत गरे।:

कार्यकारी निर्देशक शाक्यले नेपाल विद्युत प्राधिकरणसँग प्रसारण लाइन विस्तारका लागि आवश्यक बजेट अभाव रहेको स्पष्ट पार्दै सरकारबाट बजेट सुनिश्चित भएमा निजी क्षेत्रको सहभागिता सहित प्रसारण लाइन सञ्जालको विकास गर्न सकिने बताए।

इप्पानका अध्यक्ष गणेश कार्कीसहित वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्ष रामप्रसाद आचार्य, उपमहासचिव प्रकाश दुलाल, सचिव विक्रम बिष्ट, कार्यसमिति सदस्य शंकर बश्याल र सुमन जोशी, सल्लाहकार डा. आत्मराम घिमिरे तथा प्रमुख कार्यकारी अधिकृत भीम गौतम सहभागी थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको