Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से सीईओ र राष्ट्र बैंक गभर्नरबीच भेट, आर्थिक विकासमा सहकार्यको प्रतिबद्धता

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, १६ : ०५ मा प्रकाशित

नेप्से सीईओ र राष्ट्र बैंक गभर्नरबीच भेट, आर्थिक विकासमा सहकार्यको प्रतिबद्धता

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्दै बधाई ज्ञापन र सफल कार्यकालको शुभकामना दिएका छन्।

आज सम्पन्न भेटवार्तामा देशको वित्तीय प्रणालीलाई व्यवस्थित, अनुशासित र सक्रिय बनाउँदै समग्र आर्थिक विकासमा योगदान पुर्‍याउन नियामक निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा दुबै पक्ष एकमत देखिए।

नेप्सेका अनुसार, भेटका क्रममा पूँजी बजार सुदृढ गर्दै लगानीकर्ताका चासो र मागलाई प्राथमिकतामा राखेर सुधारका पहलहरु अगाडि बढाउने विषयमा समेत विस्तृत छलफल भएको छ। पूँजी बजारलाई अझ चलायमान र विश्वासिलो बनाउने प्रयासमा राष्ट्र बैंक र नेप्सेबीच सहकार्यलाई बलियो बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको