Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम ६ अर्ब ५२ करोडमाथि

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, १५ : ०६ मा प्रकाशित

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम ६ अर्ब ५२ करोडमाथि

साताको दोस्रो दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ०.८५ अंकले वृद्धि भई २६७५.६२ विन्दुमा कायम भएको छ। आज कूल ३१८ सूचीकृत कम्पनीका १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ६ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

उप–सूचकको हिसाबमा ६ वटा बाहेक सबै क्षेत्रमा हरियाली देखिएको छ। विशेष गरी विकास बैंक समूहको सेयरमा उल्लेखनीय उछाल आएको छ।

राधि विद्युत कम्पनकिो ४७ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री, ग्रिन डेभलपमेन्ट बैंक र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पियोर इनर्जीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको