Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेड टावरको आइपीओ भोलिदेखि,कति कित्तासम्म भर्न पाइन्छ ?

अर्थ संसार

मंगलबार, १३ जेठ २०८२, १५ : ०९ मा प्रकाशित

ट्रेड टावरको आइपीओ भोलिदेखि,कति कित्तासम्म भर्न पाइन्छ ?

ट्रेड टावर लिमिटेडले भोलि, जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्न लागेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिल्यै निष्काशन गरिएको आईपीओ बाँडफाँडपछि कम्पनी अब आम सर्वसाधारणतर्फ आइपीओ ल्याउन लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशत बराबर, अर्थात् ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

यस मध्ये वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४.६५ कित्ता, र कर्मचारीहरूलाई ७९ हजार ४३३.८६ कित्ता सेयर बाँडफाँड गरिसकेको कम्पनीले अब बाँकी ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद छिटोमा जेठ १९ गतेसम्म र यदि त्यस अवधिमा पूरै आवेदन नपरेमा जेठ २८ गतेसम्म रहनेछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरू वा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको