ट्रेड टावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा आवेदन दिन आज मंगलबार (जेठ २० गते) अन्तिम मौका हो। भोटो जात्राको बिदाका कारण एक दिन थपिएको समयसहित आजसम्म मात्र आवेदन दिन पाइने व्यवस्था गरिएको छ।
यसअघि कम्पनीले आइपीओ जेठ १४ गतेदेखि निष्काशन गरेको थियो। तर, जेठ १८ गते शनिबार उपत्यकामा परेको सार्वजनिक बिदाले आइतबारसम्मको आवेदन समय पुरा नहुँदा कम्पनीले आवेदन अवधि आजसम्मका लागि थप गरेको हो।
कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन अनुमति पाएपनि वैदेशिक रोजगारी, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको भाग पहिले नै बाँडफाँड गरिसकिएको छ। अब सर्वसाधारण लगानीकर्ताका लागि ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर मात्र उपलब्ध छ।
लगानीकर्ताले आज दिनभर सि–आस्बा प्रणालीमार्फत न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन ‘मेरो सेयर’ सफ्टवेयर तथा धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट दिन सकिन्छ।
आइपीओ निष्काशनका लागि इक्रा नेपालले ट्रेड टावर लिमिटेडलाई “ICRA NP-IR BB– (Double B Minus)” रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताले आजको दिन नछुटाई आवेदन दिनुहुन अनुरोध गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस