Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेड टावरको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, १० : ४१ मा प्रकाशित

ट्रेड टावरको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

ट्रेड टावर लिमिटेडको आइपीओले २ अर्ब ५ करोड ६८ लाख ८ हजार रुपैयाँ संकलन गरेको छ। सीडीएसका अनुसार आइतबार साँझ ५:०६ बजेसम्म १७ लाख २० हजार ३४३ जनाले २ करोड ५ लाख ६८ हजार ८० कित्ताका लागि आवेदन दिएका छन्।

कम्पनीले जेठ १४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर जारी गरेको हो। यसले जारी गरेको पुँजीको ४८.६९६ प्रतिशत, अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणका लागि उपलब्ध गराएको छ।

यसका मध्ये १० प्रतिशत, यानी ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिएको थियो। त्यसपछि, बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो। ट्रेड टावरको आइपीओमा आवेदन  दिदा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस आइपीओमा आवेदन सी–आस्वा प्राप्त बैंक, वित्तीय संस्था र मेरो सेयरमार्फत गर्न सकिनेछ। यस आइपीओको बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल कार्यरत छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको