प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने जानकारी दिएको छ ।
यसअघि मंगलबारको बैठकमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक बस्दै नबसी आजसम्मका लागि स्थगित भएको थियो ।
सबै विपक्षी दलहरु भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद चलन नदिने अडानमा रहेकाले आजको बैठक सुचारु हुने बारे अन्योल नै रहेको छ । मंगलबार सभामुख देवराज घिमिरेले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेपनि उनीहरुले गृहमन्त्रीको राजीनामाको अडान छोडेका छैनन् । विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएपछि विहिबार सार्बजनिक हुने बजेट बारे पनि अन्योलता बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस