सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गर्ने भएको छ। अर्थ मन्त्रालयले तयार पारेको बजेट प्रस्तावमा स्वास्थ्य बीमालाई प्राथमिकतासहित यो रकम छुट्याइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुरुमा ८३ अर्ब रुपैयाँको बजेट सिलिङ पठाइएको थियो, जुन अघिल्लो वर्षको ८६ अर्बभन्दा ३ अर्ब कम थियो। तर, स्वास्थ्य बीमामा देखिएको अपुग बजेट र मन्त्रालय अन्तर्गतका खर्च वृद्धि भएका कारण अर्थ मन्त्रालयले थप १३ अर्ब बजेट वृद्धि गर्दै कुल ९६ अर्ब रुपैयाँ पुर्याएको हो।
बजेटमा संघीय राजधानी केन्द्रित विशिष्ट उपचार विस्तार, प्रदेश अस्पतालमा सेवा विस्तार, सातै प्रदेशमा क्यान्सर तथा जलन उपचारको सुविधा व्यवस्थापन, मानव अंग प्रत्यारोपण सेवाको विस्तार, न्यूरो अस्पताल स्थापना, मधेश प्रदेशमा किड्नी सेन्टर स्थापना लगायतका विशेष योजना समावेश गरिएको छ। स्वास्थ्य बीमा सुधार, बक्यौता रकम शून्यमा झार्ने लक्ष्य, नसर्ने रोगको पहिचान तथा रोकथामका लागि राष्ट्रव्यापी कार्यक्रम, र घर टोलमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ। सरकारले नागरिकलाई निरोगी बनाउने दीर्घकालीन उद्देश्यसहित यी कार्यक्रम अघि बढाउने जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस