Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका पाँच प्रमुख उद्देश्य

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १५ : ३५ मा प्रकाशित

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका पाँच प्रमुख उद्देश्य

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सरकारका पाँच प्रमुख उद्देश्यहरू सार्वजनिक गरेका छन्। संघीय संसदमा बजेट भाषण गर्दै उनले बजेटको मूल उद्देश्य समावेशी आर्थिक विकास, रोजगारी, प्रविधि र सुशासनमा केन्द्रित रहेको बताए।

बजेटका पाँच प्रमुख उद्देश्य यसप्रकार छन्:

- उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी न्यूनीकरण गर्ने।
- उद्यमशीलता विकास गर्दै सार्वजनिक तथा निजी लगानी विस्तारमार्फत रोजगारी सिर्जना गर्ने।
- आधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गरी समग्र आर्थिक क्षमता अभिवृद्धि गर्ने।
- सामाजिक संरक्षण र विकासका माध्यमबाट सामाजिक न्याय सुनिश्चित गर्ने।
- गुणस्तरीय सार्वजनिक सेवा प्रवाह गर्दै सुशासन प्रवर्द्धन गर्ने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको