Like us!
Follow us!
Connect us!
Watch us!

शिव श्री हाइड्रोपावरको वार्षिक साधारण सभा असार ८ गते, लाभांश प्रस्ताव छैन

अर्थ संसार

आइतबार, १८ जेठ २०८२, १२ : ३३ मा प्रकाशित

शिव श्री हाइड्रोपावरको वार्षिक साधारण सभा असार ८ गते, लाभांश प्रस्ताव छैन

शिव श्री हाइड्रोपावर लिमिटेडले आगामी असार ८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुनेछ।

कम्पनीले यो पटकको साधारण सभामा शेयरधनीका लागि लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव प्रस्तुत नगर्ने जनाएको छ। सभामा कम्पनीको अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू माथि छलफल गरी पारित गरिनेछ।

यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारण गर्ने तथा सञ्चालकहरूको नियुक्तिसम्बन्धी प्रस्तावहरू पनि सभाको एजेन्डामा समावेश छन्।

सभामा भाग लिन जेठ ३० गते बुक क्लोज मिति तोकिएको छ। सोही अनुसार, जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको शेयर खरिद गरेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको