विकास हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा हालसम्म १४ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बिहान १०:०६ बजेसम्म ६१,०३९ जना आवेदकले कुल १४ लाख २२ हजार ८३० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो संख्या कम्पनीले छुट्याएको ३ लाख ५४ हजार ५५० कित्ताको ४.०१३ गुणा बढी हो।
कम्पनीले जेठ ६ गतेदेखि वैदेशिक श्रमिकका लागि आईपीओ आवेदन खुला गरेको थियो, जुन जेठ २० गतेसम्म खुला रहनेछ। इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
यो आईपीओ कम्पनीको सार्वजनिक निष्कासन गरिने कुल सेयरको १० प्रतिशत हो। आवेदन ‘मेरो सेयर’ प्रणाली वा सी–आस्वा सेवाप्राप्त बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिनेछ।
यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस