Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेड टावरको आईपीओमा ५.८४ गुणा बढी आवेदन

अर्थ संसार

आइतबार, १८ जेठ २०८२, १३ : ०० मा प्रकाशित

ट्रेड टावरको आईपीओमा ५.८४ गुणा बढी आवेदन

ट्रेड टावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) मा अहिले सम्म १ अर्ब ९२ करोड ७४ लाख रुपैयाँभन्दा बढीको आवेदन परेको छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार, आइतबार बिहान १०:०६ बजेसम्म १६ लाख ७ हजार ९३५ जना आवेदकले १ करोड ९२ लाख ७४ हजार १९० कित्ताका लागि आवेदन दिएका छन्। यो सर्वसाधारणका लागि छुट्याइएको सेयरको ५.८४ गुणा बढी माग हो।

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गरेको हो। यो कम्पनीको कुल जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत हो।

जारी गरिएका कुल सेयरमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जुन पहिले नै निष्कासन भइसकेको छ। बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

सर्वसाधारणले यो आईपीओमा जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने क्रममा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।

आईपीओमा सी–आस्वा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाहरू वा ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सकिन्छ। यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको