Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ३५ अंकले घट्यो,६ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, १५ : १० मा प्रकाशित

नेप्से ३५ अंकले घट्यो,६ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार

नेप्सेमा आज उच्च अंकको गिरावट आएको छ ।

मंगलबार नेप्से ३५.७३ अंकले घट्दा २६६५ को विन्दुमा बन्द  भएको छ।

३१५ सूचीकृत कम्पनीको १ करोड ५४ लाख कित्ता सेयर खरिद बिक्रि हुँदा ६ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। आज दुई उपसूचक बाहेक सबैको घटेको छ ।
उत्पादनमूलक र म्युचुअल फण्ड बाहेक सबैको उपसूचकमा राताम्मे छाएको छ।

आज सबैभन्दा धेरै राधि विद्युतको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ४१ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्री र पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । प्रभु स्मार्ट फन्डका इकाईधनीले ४.९१ प्रतिशतका दरले कमाएका छन् । नारायणी डभेलपमेन्ट बैंकका लगानीकर्ताले साढे ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डभेलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ४.८९ प्रतिशतका दरले गुमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको