Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २१ जेठ २०८२, ०६ : ४२ मा प्रकाशित

बरुण हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज जेठ २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २२ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले जेठ ६ गते कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको थियो। कम्पनीले १:१ को अनुपातमा हालको चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार कम्पनीले कुल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

उक्त सेयर निष्काशनका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको