Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

अर्थ संसार

शुक्रबार, २३ जेठ २०८२, १३ : २८ मा प्रकाशित

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएका छैनन् ।

बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले निरन्तर विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको