रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्न चाहने सेयरधनीहरूका लागि आज जेठ २५ गते (आइतबार) अन्तिम मौका रहेको छ। कम्पनीले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि जेठ २६ गते (सोमबार) बुक क्लोज गर्ने निर्णय गरेको हो।
त्यसैले आजसम्म नेप्सेमा नाम कायम गराएका सेयरधनीहरूले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्नेछन्। साथै, उनीहरू आगामी साधारणसभामा सहभागी हुने अधिकार पनि सुरक्षित हुनेछ।
असार २ गते सभा, १२.६३ प्रतिशत लाभांश प्रस्ताव
रिलायबल नेपाल लाइफको १६औँ वार्षिक साधारणसभा आगामी असार २ गते काठमाडौंको आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम तय गरिएको छ। सभामा कम्पनीले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गर्नेछ।
कुल मिलाएर कम्पनीले १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव अघि सारेको छ।
प्रबन्धपत्र संशोधनसहित अन्य प्रस्तावहरू पनि
बोनस सेयर वितरणपछि चुक्ता पुँजीमा वृद्धि हुने भएकाले त्यसअनुरूप कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ। त्यसका साथै, गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन, आर्थिक विवरण स्वीकृति, नयाँ लेखापरीक्षकको नियुक्ति लगायतका नियमित प्रस्तावहरू पनि सभाको एजेन्डामा रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस