Like us!
Follow us!
Connect us!
Watch us!

आधा घण्टाका लागि स्थगित संसद बैठक २ घण्टा वितिसक्दा पनि बस्न सकेन

अर्थ संसार

सोमबार, २६ जेठ २०८२, १७ : ०२ मा प्रकाशित

आधा घण्टाका लागि स्थगित संसद बैठक २ घण्टा वितिसक्दा पनि बस्न सकेन

आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक २ घण्टासम्म पनि पुनः सुरु हुन सकेको छैन् । प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले साढे ३ बजे आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन् । अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन् ।

रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको छ भने माओवादी केन्द्रले मध्यमार्गी प्रस्तावको बाटोमा जानुपर्ने बताएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको