इटहरीमा होटल सोल्टी वेस्टेन्ड सञ्चालन गरिरहेको होटल गरिमा लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी थालेको छ।
आईपीओ प्रक्रिया अघि बढाउनका लागि कम्पनीले एनआईएमबि एस क्यापिटल लिमिटेडसँग रोडम्याप सम्झौता गरेको हो। सम्झौतामा होटल गरिमाका प्रबन्ध निर्देशक विनोद पौडेल र एनआईएमबि एस क्यापिटलका डेप्युटी सीईओ सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार, एनआईएमबि एस क्यापिटलले कर्पोरेट सल्लाहकारको भूमिका निर्वाह गर्दै होटल गरिमा लिमिटेडलाई आईपीओ प्रक्रिया सम्बन्धी आवश्यक परामर्श र प्राविधिक सहयोग प्रदान गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस