बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो भने चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेर कारोबार भइरहेको छ । आज चाँदी तोलामा १५ रुपैयाँल घटेको छ । आज चाँदी तोलाको २ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस