Like us!
Follow us!
Connect us!
Watch us!

असार ९ गतेदेखि दरमखोला हाईड्रोले आईपीओ जारी गर्ने

अर्थ संसार

आइतबार, ०१ असार २०८२, १० : १५ मा प्रकाशित

असार ९ गतेदेखि दरमखोला हाईड्रोले आईपीओ जारी गर्ने

दरमखोला हाईड्रो इनर्जी लिमिटेडले यही असार ९ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासन गर्न अनुमति पाएको हो ।

जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार १५० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख ३० हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागको हो । आयोजना प्रभावितका लागि छुट्याइएको सेयरमा गुल्मीको मुसिकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका र बाग्लुङकै बडिगाढ गाउँपालिकामा स्थायी बसोबास गर्ने नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । निष्कासन बन्द असार २३ गते हुनेछ । तर आयोजना प्रभावितबाट पर्याप्त आवेदन नपरेमा साउन ६ गतेसम्म लम्बिनेछ भने वैदेशिक रोजगारीमा रहेकाको आवेदन अवधि लम्बिने छैन । 

आवेदन फाराम बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र बानेश्वरस्थित कार्यालयमा, थापाथलीस्थित दरमखोला हाईड्रोको काार्यलय र वेबसाइटमा साथै नेपाल धितोपत्र बोर्डबाट पनि प्राप्त गर्न सकिनेछ । त्यसैगरी आयोजना प्रभावितले बिक्री प्रबन्धकले तोकेको आयोजना प्रभावित जिल्लाका बैंक तथा वित्तीय संस्था, ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा र दरमखोला पावरहाउसबाट समेत प्राप्त गर्न सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर मार्फत् पनि आवेदन दिन सक्नेछन् । पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको