एभरेष्ट कलरले आईपीओ जारी गर्ने भएको छ । एभरेष्ट कलर, आइएसओ ९००१ः २०१५ प्रमाणिकरण प्रमाण पत्र प्राप्त, नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको सुचीमा दर्ता भएको नेपाल गुणस्तर चिन्ह प्राप्ति उन्मुख रहेको कम्पनीले आईपीओ जारी गर्नका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराई क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले निकट भविष्य निष्काशन हुने साधारण ७ लाख ९० हाजार कित्ता सेयरको लागि कम्पनीको तर्फबाट प्रबन्ध संचालक सरोज लुइटेल तथा प्रत्याभुतिकर्ताको तर्फबाट लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, विजय लाल श्रेष्ठ बीच सम्झौता भएको छ । अन्य कलर उद्योग भन्दा पृथक ढँगले, संगठीत स्वदेशी युवाहरुको लगानीमा विशेषतः नेपाल तथा नेपालीको भौतिक संरचनामा गुणस्तरीय एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याई देशको सेवा गर्ने प्रमुख उद्देश्य लिएर संचालन भइरहेको कम्पनीलाई केयर रेटींङ्गस नेपाल लि.ले डबल बी माईनस रेटींङ्ग प्राप्त भएकोे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस