Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, ०३ असार २०८२, ०८ : ४९ मा प्रकाशित

सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा आज ५ बजेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत अर्थात हाल कायम १ः०.२७ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीका सेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन् भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको