नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै मुद्दति निक्षेप रकम लिन इच्छुक संस्थाहरुलाई प्रस्ताव पेश गर्न अनुरोध गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख तथा ग वर्गका राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्था र नेपाल पूर्वाधार बैंकको केन्द्रिय कार्यालय मार्फत लिन इच्छुकहरुलाई कम्पनीको वेबसाइटमा उपलब्ध रहेको सम्पूर्ण विवरण भरी पाँच दिनभित्र शिलबन्दी पेश गर्न कम्पनीले आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस