जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आगामी हकप्रद सेयर सुरक्षित गर्ने आज (असार ५ गते, बुधबार) अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद प्रयोजनका लागि असार ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो।
किनभने शुक्रबार (असार ६) र शनिबार (असार ७) धितोपत्र बजारमा कारोबार बन्द रहने हुँदा, आजसम्म कायम रहेका सेयरधनीहरू मात्र कम्पनीले ल्याउन लागेको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। यद्यपि, हकप्रद निष्कासन सुरु हुने मिति भने हालसम्म तोकिएको छैन।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको आधारमा १ बराबर ०.६५ को अनुपातमा २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न स्वीकृति प्रदान गरिसकेको छ। अर्थात्, प्रत्येक १०० कित्ता सेयरमा ६५ कित्ता हकप्रद सेयर पाइनेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले आगामी दिनमा तोकिएको मितिमा हकप्रद आवेदन दिन पाउनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस