साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको बजार आज २४.७६ अंकले घटेको हो ।
आजको कारोबार पछि नेप्से परिसूचक २६२८ दशमलव ९१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४७ कम्पनीको सेयर मूल्य बढेको छ । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०१ अंकले घटेर ४४९.४८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये सबै उपसूचकको सेयर मूल्य घटेको छ ।
नेप्से परिसूचक घटेको दिन ११ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर १ लाख २१ हजार ५५१ पटक खरिद बिक्री हुँदा ११ अर्ब २३ करोड १४ लाख ८९ हजार ९६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस