दरमखोला हाईड्रो इनर्जी लिमिटेडले भोलि (असार ९ गते) देखि आफ्नो पहिलो चरणको आईपीओ जारी गर्दैछ। नेपाल धितोपत्र बोर्डले गत जेठ २० गते कम्पनीको १ अर्ब ३ करोड ५ लाख रुपैयाँ पूँजीको ३८.३३ प्रतिशत, अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको थियो।
यसअनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ। यसमा १० लाख ३० हजार ५०० कित्ता आयोजनाका प्रभावित स्थानीय बासिन्दाहरूका लागि र २ लाख ९१ हजार १५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि छुट्याइनेछ।
आयोजना प्रभावितका लागि आवेदन दिने प्रक्रिया: गुल्मीको मुसिकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका र बाग्लुङकै बडिगाढ गाउँपालिकामा स्थायी बसोबास गर्ने नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदनदाताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आईपीओको आवेदन अवधि असार २३ गतेसम्म हुनेछ। यदि आयोजनाका प्रभावित व्यक्तिहरूबाट पर्याप्त आवेदन नआएमा यो मिति साउन ६ गतेसम्म लम्बिनेछ, तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आवेदन अवधि लम्बिने छैन।
आवेदन फाराम लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र बानेश्वरस्थित कार्यालय, थापाथलीस्थित दरमखोला हाईड्रोको कार्यालय र वेबसाइटमा उपलब्ध हुनेछ। साथै, आयोजना प्रभावितले लक्ष्मी सनराइज क्यापिटलले तोकेको बैंक र वित्तीय संस्थाहरू—ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा र दरमखोला पावरहाउसबाट फाराम प्राप्त गर्न सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमोदित सबै सी-आस्बा सदस्य बैंक र वित्तीय संस्थाहरूको तोकिएका शाखा कार्यालय तथा मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्।
पहिलो चरणको आईपीओ जारी गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरिने छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस