Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन १७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, १० असार २०८२, १० : ४१ मा प्रकाशित

सुनको मूल्य एकै दिन १७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २ हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको