Like us!
Follow us!
Connect us!
Watch us!

टेक एण्ड पे को नीति नेपालाई विद्युत पुग्यो भनेर आएको हो, जलविद्युत क्षेत्र तहसनह हुन्छ– वरिष्ठ उपाध्यक्ष डाँगी

अर्थ संसार

मंगलबार, १० असार २०८२, ११ : ५३ मा प्रकाशित

टेक एण्ड पे को नीति नेपालाई विद्युत पुग्यो भनेर आएको हो, जलविद्युत क्षेत्र तहसनह हुन्छ– वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले टेक एण्ड पे को व्यवस्था सरकारले विद्युत पुगिसक्यो भन्ने उद्देश्यले ल्याएको बताएका छन् ।

अर्थ संसारसँगको कुराकानीका क्रममा वरिष्ठ उपाध्यक्ष डाँगीले यो व्यवस्था लागू गर्नु भनेको हामीलाई विद्युत पुग्यो भनेर बुझ्नु पर्ने बताएका हुन् । 

ऊर्जा क्षेत्रलाई तहसनहस गर्ने गरि आएको यो व्यवस्थाले नेपाल विद्युत प्राधिकरणले बर्खाको समयमा निजी क्षेत्रबाट उत्पादन भएको विद्युत खरिद नगर्ने र यसले कुनै पनि आयोजना निर्माण सम्भव नरहेको उनको भनाइ छ । ‘नेपाल विद्युत प्राधिकरणलाई हिउँदको ४ महिना बाहेक अन्य समयमा विद्युतको आवश्यकता पर्दैन । त्यस हिसावले यो व्यवस्था लागू भएमा निजी क्षेत्रले उत्पादन गरेको विद्युत ४ महिना मात्रै बिक्री हुने र अन्य समयमा बिक्री नभएर खरे जान्छ,’ उनले भने । 

अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते संसदमा पेस गरेको बजेटमा टेक एण्ड पे को आधारमा विद्युत खरिद गरिने उल्लेख गरिएको छ । यो व्यवस्थाले ऊर्जा क्षेत्रमा आंकक फैलाएको वरिष्ठ उपाध्यक्ष डाँगीको भनाइ छ । सरकारले विद्युत बिक्रीका लागि र प्रसारण लाइन विस्तारका लागि पनि निजी क्षेत्रलाई दिनु पर्ने अवस्थामा निजी क्षेत्रले उत्पादन गरेको विद्युत नै आवश्यक परेको समयमा मात्रै खरिद गर्ने भन्ने विषयले यो क्षेत्रलाई सिध्याउने हिसावले आएको उनको भनाइ छ । 

विद्युत उत्पादन गर्नका लागि भन्ने तर नकिन्ने अवस्थामा व्यवसायीहरुले उत्पादन गरेको विद्युत खपत कहाँ हुन्छ भन्ने प्रश्न खडा भएको उनले बताए । बजारको ग्यारेन्टि नहुँदासम्मका लागि आयोजना अघि बढ्न नसक्ने निजी क्षेत्रका व्यवसायीहरुको भनाइ छ । 

अर्थमन्त्रीले संसदमा नै यो व्यवस्था परिमार्जन नहुने बताइसकेका छन् भने ऊर्जा मन्त्री दिपक खड्काले भने यो व्यवस्था जसरी भए पनि परिमार्जन हुने बताइ रहेका छन् । यो विषयलाई परिमार्जन गर्नका लागि सबै पक्षसँग छलफल भइरहेको वरिष्ठ उपाध्यक्ष डाँगीले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको