Like us!
Follow us!
Connect us!
Watch us!

'टेक एण्ड पे' हटाएर टारिएको आन्दोलन - आश्वासनमै अडिएको पीपीए नीति, भविष्यमा फेरि संकट?

अर्थ संसार

बुधबार, ११ असार २०८२, १० : २६ मा प्रकाशित

'टेक एण्ड पे' हटाएर टारिएको आन्दोलन - आश्वासनमै अडिएको पीपीए नीति, भविष्यमा फेरि संकट?

बजेट सार्वजनिक भएको दिन देखि नै विबादमा परेको बजेटको बुँदा नम्बर २२७ मा सरकारले संशोधन गरेको छ । ऊर्जा क्षेत्रका लागि टेक एण्ड पे को व्यवस्था गरिएको उक्त बुँदामा संसोधन गर्दै सरकारले उक्त बुँदामा अब वित्तीय जोखिम मूल्यांकनका आधारमा ऊर्जा खपत तथा निर्यात हुने यकिन भएका र नेपाल विद्युत प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाको विद्युत् खरिद सम्झौता गर्न सकिने छ भन्ने व्यवस्था गर्यो ।

टेक एण्ड पे लाई घुमाउरो पारामा सरकारले परिमार्जन गरेर व्यवसायीहरुको आन्दोलन मत्थर पार्न सफल भएको छ ।

व्यवसायीहरु पनि टेक एण्ड पे मा विवाद भएकाले त्यो घटाए पछि यसमा फेरि शंका गर्नु पर्ने अवस्था नरहेको बताउँछन् । तर सरकारले समावेश नेपाल विद्युत प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएको आयोजनाको विद्युत खरिद सम्झौता गर्न सकिने भनेको छ । यदि प्राधिरकणले भुक्तानी सुनिश्चित नभएको भनेर विद्युत खरिद नगरेको खण्डमा अहिले मत्थर भएको भए पनि पछि फेरि समस्या आउन सक्ने सम्भावना भने देखिन्छ । तर अहिलेलाई धेरै शंका गर्नु भन्दा ऊर्जा खपत सुनिश्चित भएका आयोजना र निर्यात एकीन भएका आयोजनाको पीपीए गर्ने भनिएको छ ।

खपत सुनिश्चितता र निर्यात एकीनको आधार के हो भन्ने विषयमा पनि मुर्त रुपमा आएको छैन । ऊर्जा व्यवसायीहरुले खपत र निर्यात एकीनका विषयमा मन्त्रालयले थप जानकारी दिने विश्वास व्यक्त गरेका छन् । अहिले टेक एण्ड पे हटाइएको छ । यसमा धेरै शंका गर्ने भन्दा पनि सकारात्मक रुपमा हेरेर अघि बढ्नु पर्ने उनीहरुको भनाइ छ ।

मन्त्रालयले यसमा थप कसरी काम गर्छ भन्ने विषय हेर्न बाँकी रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीको भनाइ छ । अर्को तर्फ विद्युत प्राधिकरणले भुक्तानी गर्न नसक्ने भनेर सम्झौता नगरेको खण्डमा थप समस्या आउन सक्ने पनि देखिन्छ । यस तर्फ पनि सरोकारवालाहरुको ध्यान जान जरुरी देखिन्छ । अन्यथा अहिले एउटा बाक्य संशोधन गरेर सबै ठिक भयो भन्नेहरु पछि फेरि त्यो पनि ठिक भएन भनेर आन्दोलन गर्नु पर्ने अवस्था नआउला भन्न सकिदैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको