Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डबाट खानी खोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको अनुमति

अर्थ संसार

बुधबार, ११ असार २०८२, ०७ : ०७ मा प्रकाशित

धितोपत्र बोर्डबाट खानी खोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको अनुमति

खानी खोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले कम्पनीलाई हालको चुक्ता पुँजीको १ः१ अनुपातमा (१०० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो।

स्वीकृति अनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ।

खानी खोला हाइड्रोपावरको हकप्रद सेयर निष्कासन व्यवस्थापनको जिम्मा सिटिजन्स क्यापिटलले लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको