बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेर कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २ हजार १४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार १६० रुपैयाँमा किनबेच भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस