मंदाकिनी हाइड्रोपावर लिमिटेडको संस्थापक, स्थानीयबासिन्दा र कर्मचारीको स्वामित्वमा रहेका सेयरको लकइन अवधि अब साउन १६ गतेदेखि समाप्त हुने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डलाई बिहीबार दिएको जानकारी अनुसार, अब ती सेयरहरू दोस्रो बजारमा खरिदबिक्रीका लागि खुला हुनेछन्।
लकइन अवधि समाप्तिपछि ४८ लाख ४५ हजार २१७ कित्ता सेयर धितोपत्र बजारमा कारोबार गर्न सकिनेछ।
नेपाल धितोपत्र बोर्डले २०७८ मंसिर २५ गते जारी गरेको परिपत्रमा सर्वसाधारणलाई सेयर बाँडफाँड भएको मितिबाट ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको सेयर कारोबारमा रोक लगाइएको थियो। सोही निर्देशनअनुसार मंदाकिनी हाइड्रोपावरको ती समुहका सेयरधनीहरूले दोस्रो बजारमा सेयर बिक्री गर्न पाएका थिएनन्।
अब उक्त तीन वर्षे अवधिको अन्त्यसँगै ती सेयरहरू पनि अन्य सूचीबद्ध सेयरझैं बजारमा स्वतन्त्र रूपमा कारोबार गर्न सकिने भएका छन्।
हाल धितोपत्र बजारमा रु १०० अंकित दरमा मंदाकिनी हाइड्रोपावरको ६४ लाख ६७ हजार ६७१ कित्ता सेयर सूचीकृत छ। ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस