Like us!
Follow us!
Connect us!
Watch us!

जेठ महिनामा निर्जीवन बीमाको व्यापार झन्डै ४ अर्ब, कुन कम्पनी कति अगाडि ?

अर्थ संसार

शुक्रबार, १३ असार २०८२, १० : १९ मा प्रकाशित

जेठ महिनामा निर्जीवन बीमाको व्यापार झन्डै ४ अर्ब, कुन कम्पनी कति अगाडि ?

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा मात्रै करिब ४ अर्ब रुपैयाँ व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले जेठमा मात्रै कुल २ लाख २८ हजार ८०४ वटा बीमालेख बिक्री गरेर कुल ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्।

जेठमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ, जसले मात्र ४६ करोड २२ लाख रुपैयाँको कारोबार गरेको छ। दोस्रो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४३ करोड २७ लाख रुपैयाँ संकलन गरेको छ भने तेस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ, जसको बीमाशुल्क संकलन ४२ करोड ८९ लाख रुपैयाँ पुगेको छ।

अन्य प्रमुख कम्पनीहरूमा शिखर इन्स्योरेन्सले ४० करोड ९० लाख, आईजीआई प्रुडेन्सियलले ३६ करोड ९९ लाख, युनाइटेड अजोडले ३२ करोड ६० लाख, एनएलजीले ३१ करोड ९० लाख र सानिमा जीआईसी इन्स्योरेन्सले २६ करोड ४० लाख रुपैयाँको कारोबार गरेका छन्।

त्यसैगरी नेको इन्स्योरेन्सले २५ करोड ६२ लाख, ओरिएन्टल इन्स्योरेन्सले १६ करोड ८५ लाख, नेपाल इन्स्योरेन्सले १५ करोड ५७ लाख, राष्ट्रिय बीमा कम्पनीले १५ करोड १३ लाख, प्रभु इन्स्योरेन्सले १४ करोड ४९ लाख तथा नेसनल इन्स्योरेन्सले ४ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको