राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ‘ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय’ राख्न सुझाव दिएका छन्। आइतबारको राष्ट्रिय सभा बैठकमा सांसद मिश्रले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री भएको समयमा मन्त्रीपरिषद्को बैठक बोलाएर नाम परिवर्तन गर्न आग्रह गरेका हुन्।
उनले भने, 'म शहरी विकास मन्त्रालयको विषयमा धेरै कुरा गर्न चाहन्न, तर काम र नाम मेल खाँदैन। त्यसैले यस मन्त्रालयको नाम ‘ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय’ राखिनुपर्छ।'
सांसद मिश्रले थपे, 'उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री जब कार्यवाहक प्रधानमन्त्री थिए, तब क्याबिनेट बैठक राखेर नाम परिवर्तन गरे सजिलो हुन्थ्यो।'
त्यसैगरी उनले राजश्व चुहावटमा कडा कदम चाल्नुपर्ने र वनको संरक्षणका लागि कटान भएका रुखहरू उपयोग गर्न सुझाव दिए।
काठमाडौंका नदीनाला र खोलाहरू सफा राख्न स्थानीय जनसहभागिताको महत्व पनि उनले जोड दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस