Like us!
Follow us!
Connect us!
Watch us!

१५ प्रतिशतले बढ्यो जीवन बीमकको व्यापार,कुन कम्पनीको ग्रोथ कस्तो ?

अर्थ संसार

आइतबार, १५ असार २०८२, १६ : ३४ मा प्रकाशित

१५ प्रतिशतले बढ्यो जीवन बीमकको व्यापार,कुन कम्पनीको ग्रोथ कस्तो ?

चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ महिनासम्म १४ वटा जीवन बीमा कम्पनीहरूले साढे १ खर्ब रुपैयाँभन्दा बढीको बीमा कारोबार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, बीमा कम्पनीहरूले कुल १ करोड ३८ लाख ३६ हजार ३७५ वटा बीमालेख बिक्री गरी १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ खर्ब ३३ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन भएको थियो। यस वर्षको कारोबार अघिल्लो वर्षको तुलनामा १५.२९ प्रतिशतले वृद्धि भएको हो। सबै १४ वटा जीवन बीमा कम्पनीको कारोबारमा वृद्धि देखिएको प्राधिकरणले जनाएको छ।

कुनको कति ?

बीमा कारोबारका आधारमा नेपाल लाइफ बीमा कम्पनी अग्रस्थानमा रहेको छ।

कम्पनीले हालसम्म ४१ अर्ब २ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.३५ प्रतिशतले बढी हो। दोस्रो स्थानमा नेसनल लाइफ छ, जसले १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यस्तै, एलआईसी नेपालले १७ अर्ब २४ करोड १६ लाख रुपैयाँको बीमाशुल्क संकलन गर्दै तेस्रो स्थानमा रहेको छ।

वृद्धिदरको हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा अगाडि रहेको छ। कम्पनीले ५१.२० प्रतिशतको वृद्धिसँगै ९ अर्ब ६४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यस्तै, रिलायबल नेपाल लाइफप्रभु महालक्ष्मी लाइफले पनि क्रमशः २३.३८ प्रतिशत र २२.२६ प्रतिशतको वृद्धिसहित उल्लेख्य व्यापार गरेका छन्।

अन्य प्रमुख कम्पनीहरूमा हिमालयन लाइफ, सूर्यज्योति लाइफ, एसियन लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स, मेटलाइफ, आइएमई लाइफ, र सन नेपाल लाइफ रहेका छन्। सबै कम्पनीले अघिल्लो वर्षको तुलनामा सकारात्मक वृद्धिदर हासिल गरेका छन्।

बीमा व्यवसायमा देखिएको निरन्तर वृद्धि उपभोक्ताको बीमाप्रतिको विश्वास र बजारको विस्तारको संकेत हो। बीमा प्राधिकरणले बीमा कारोबारको पारदर्शिता, डिजिटल सेवा प्रवाह र नियमन कडा बनाउँदै लगेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको