असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका छन्। ती निर्णयहरूमा सहकारी संस्थासँग सम्बन्धित कर्जा असुलीका मुद्दाहरूको समाधानका लागि विशेष पहल गरिएको छ।
कर्जा असुलीसम्बन्धी मुद्दाको कानुनी प्रक्रिया अगाडि बढाउन ‘कर्जा असुली न्यायाधिकरण’ गठन गरिएको छ। उक्त न्यायाधिकरणको अध्यक्षमा सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत रहनुहुनेछ भने सदस्यहरूमा वसन्तराज पुरी र गोविन्द शर्मा गैह्रे नियुक्त भएका छन्। न्यायाधिकरणको काम सञ्चालन गर्न आवश्यक अधिकृतस्तरका तीन अस्थायी दरबन्दीहरू स्वीकृत गरिएको छ।
साथै, सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट नियुक्त भएका छन्। सदस्यहरूमा पूर्वसहसचिवहरू रोहितकुमार विसुवाल र थानेश्वर गौतम रहेका छन्।
बैठकले प्रत्येक वर्ष असोज १५ गतेलाई 'राष्ट्रिय चलचित्र दिवस' का रूपमा मनाउने निर्णय पनि गरेको छ।
त्यसैगरी, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गरिएको छ। साथै, राष्ट्रिय पर्यटन नीति २०८२ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस