Like us!
Follow us!
Connect us!
Watch us!

बुंगल हाइड्रोले पायो आईपीओ निष्काशन गर्ने अनुमति

अर्थ संसार

मंगलबार, १७ असार २०८२, १० : ३८ मा प्रकाशित

बुंगल हाइड्रोले पायो आईपीओ निष्काशन गर्ने अनुमति

बुंगल हाइड्रो लिमिटेड आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ जारी गर्नका लागि अनुमति दिएको हो । 

बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई जारी पुँजीको ३५ प्रतिशतका दरले हुन आउने २९ करोड ५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । 

कम्पनीले असार १५ गते अनुमति पाएको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको