अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको सञ्चालकमा सविना मास्के प्रधान नियुक्त भएकी छन् । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडकी निमित्त प्रबन्ध निर्देशक प्रधानलाई कम्पनीले प्रतिनिधिको रुपमा अपर तामाकोशीको सञ्चालकमा पठाएको हो ।
प्रधानलाई अपर तामाकोशीको असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको २९९ औं बैठकले सञ्चालकको रुपमा स्वागत समेत गरेको छ । यसका साथै सोहि मितिदेखि उनले सञ्चालक समितिको सदस्यमा प्रतिनिधित्व समेत गरेको कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस