Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक एक्चेन्जको लाइसेन्समा वितरणमा अर्बौको भ्रष्टाचार हुँदैछ– पूर्व प्रम प्रचण्ड

अर्थ संसार

सोमबार, ३० असार २०८२, १५ : ५७ मा प्रकाशित

नयाँ स्टक एक्चेन्जको लाइसेन्समा वितरणमा अर्बौको भ्रष्टाचार हुँदैछ– पूर्व प्रम प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जमा अर्बौको भ्रष्टाचार भइरहेको बताएका छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष दाहालले विचौलियाको सेटिङका आधारमा अर्बौँको भ्रष्टाचार भइरहेको बताएका हुन् । 

नयाँ स्टकको लाइसन्स वितरणमा विचौलियाले खेलिरहेको उनको भनाइ थियो ‘अहिले फेरि नयाँ स्टक एक्सचेन्जका लागि निक्कै ठूलो चलखेल भैरहेको छ । के अहिलेको सरकार लाइसेन्स लिन तयार रहेका कम्पनीहरुको प्रकृया रोकेर भ्रष्टाचार रोक्न तयार छ ?,’ उनले प्रश्न गरे । उनले सार्वभौम संसदलाई पनि बिचौलियाहरुको खेल मैदान बनाउन लागिएको आरोप समेत लगाए । 

‘यो दुर्भाग्यपुर्ण छ । गत वर्ष मैले विश्वासको मत लिने क्रममा भनेको थिए । त्यतिबेला मलाई सत्ता छाड्दाको पिडा पोख्यो भनेर भनियो । तर अहिले यो एक वर्षमा सरकारले बिचौलियाहरुको नाममा जे–जे काम गरे । सरकार दलाल र बिचौलियाको पक्षमा छ,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको