नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ट्रेड टावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ। मंगलबार कम्पनीका कुल ८१ लाख ५६ हजार ९७ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो।
कम्पनीले सर्वसाधारणका लागि वितरण गरेका ३९ लाख ७१ हजार ६९३ कित्ता र संस्थापक समूहले लगानी गरेका ४२ लाख ८४ हजार ४०४ कित्ता सेयर गरी कुल ८१ लाख ५६ हजार ९७ कित्ता सेयर सूचीकृत भएका हुन्। नेप्सेले ट्रेड टावरलाई ‘टीटीएल’ संकेत (ट्रेडिङ सिम्बोल) प्रदान गरेको छ।
पहिलो कारोबारका लागि प्रतिकित्ता मूल्य न्यूनतम १२३ रुपैयाँ ९ पैसा र अधिकतम ३६९ रुपैयाँ २७ पैसाको ओपनिङ रेन्ज तोकिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस