Like us!
Follow us!
Connect us!
Watch us!

एक दिन पनि टिकेन सेयर बजारको हरियाली, परिसूचकसँगै कारोबारमा पनि गिरावट

अर्थ संसार

सोमबार, ३० असार २०८२, १५ : १४ मा प्रकाशित

एक दिन पनि टिकेन सेयर बजारको हरियाली, परिसूचकसँगै कारोबारमा पनि गिरावट

अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार आज उच्च अंकले घटेको छ । मौद्रिक नीति सार्वजनिक भए पछिको पहिलो दिन बढेको बजारले एक दिनमा नै फेरि ओरालो यात्रा तय गरेको हो । 

आज सेयर बजार परिसूचक ३५ दशमलव ०९ अंकले घटेर २७२५ दशमलव ७१ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.२७ प्रतिशतले कम हो । आज सेयर बजारमा १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५० कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ८३ अंकले घटेर ४७४ दशमलव ३५ विन्दुमा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १.४२ प्रतिशतले कम हो । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटा उपसूचकको मात्रै सेयर मूल्य बढेको छ । 

आज परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिन ११ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर ७२ हजार ६०१ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको