नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन चाँदीको मूल्य तोकेको छ । आन्दोलन सकिएपछि आज ९ दिन पछि सुनचाँदीको मूल्य तोकिएको हो । महासंघले असार १९ गते पछि आज पहिलो पटक सुनचाँदीको मूल्य निर्धारण गरेरको हो ।
आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । असार १९ गते सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदी तोलामा २ हजार २२२ रुपैयाँमा कारोबार भइरहेको छ । असार १९ गते चाँदीको मूल्य तोलामा २ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । सरकारसँग सहमति भएसँगै आज देखि सुनचाँदी पसल पनि खुलेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस