Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

आइतबार, २९ असार २०८२, १० : ४३ मा प्रकाशित

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

साताको कारोबार हुने पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो शुक्रबार घटेको सुनको मूल्य आज बढेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार १०० रुपैयाँ र चाँदी तोलामा ६३ रुपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलाको १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदी तोलामा ६३ रुपैयाँले बढेर २ हजार २८५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी तोलाको २ हजार २२२ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको