Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकको हितमा कानुन बन्छन्, ऊर्जाको विकासको लागि सरकार सधै तयार छ - ऊर्जा मन्त्री खड्का

अर्थ संसार

मंगलबार, ३१ असार २०८२, १२ : ४६ मा प्रकाशित

मुलुकको हितमा कानुन बन्छन्, ऊर्जाको विकासको लागि सरकार सधै तयार छ - ऊर्जा मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाईँ मन्त्री दिपक खड्काले अहिलेको सरकार उर्जा विकासमा अग्रसर रहेको बताएका छन् । ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २३ औँ साधारण सभामा बोल्दै ऊर्जा मन्त्री खड्काले अहिलेको सरकारले ऊर्जा क्षेत्रको विकास लागि नै सरकारले ऊर्जा मार्गदर्शन ल्याएको बताएका हुन् । 

बिक्री गर्ने विषय अघि बढाउँदा मद्दा परेको भन्दै यस्ता कार्यक्रमहरु रोकिनु पर्ने उनको भनाइ छ । पिपिए अहिले पुन सुरु भएको भन्दै उनले यसलाई अझ सहज बनाउने गरि लागिरहेको पनि बताए । उनका अनुसार सरकार  आफ्नो लक्ष्यलाई हासिल गर्ने गरि अघि बढीरहेको छ । 

टेक एण्ड पे मा पनि बुझाइमा मात्रै फरक परेको उनको भनाइ थियो । प्रसारण लाइन पुगेको स्थानमा बुझेर सम्झौता गर्नु पर्छ भन्ने गरि टेक एण्ड पे आएको भए पनि त्यसमा केही द्धिविधा भएकाले त्यसमा पनि परिमार्जन भएको उनले बताए । सरकार एक्लैले सबै काम गर्न नसक्ने अवस्था रहेकाले निजी क्षेत्रको सहभागिता पनि आवश्यक रहेको उनको भनाइ छ । 

मुलुकको हित अनुकूल कानुन निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानुन निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको उनले बताए । ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने उनले बताए ।

उनले आरसीओडीको समस्या रहेको स्वीकार गर्दै त्यसका लागि कमिटी नै गठन गरेर आरसीओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निष्कर्ष निकालेको बताए । भूमि प्राप्तिका समस्या छन् भने कानुन परिमार्जन गरेर अघि बढ्न सकिने उनले बताए । २८ हजार ५ सयको रोडम्यापलाई पछ्याउने हो भने पनि लाखौँ मान्छेले यहीँ रोजगारी प्राप्त गर्नसक्ने उनले बताए । विकास समयको माग भएकाले कसैले रोकेर नरोकिने उनले स्पष्ट पारे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको